काठमाडौं । माथिबाट पहिरो खसेपछि सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
प्रहरीका अनुसार पाल्पाको तिनाउ गाउँपालिका-३, सिद्धबाबा सुरुङमार्ग (पाल्पा तर्फबाट ईन हुने प्वाईन्टको १ सय मिटर उत्तर तर्फ) मा माथिबाट पहिरो आई सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो । माथिबाट पहिरो खसिरहेको प्रहरीले जानकारी दिएको छ। सो स्थानमा प्रहरी चौकी दोभानबाट पाँच जनाको टोली खटिएको हाे ।
डोजर तयारी अवस्थामा राखिएको र अहिले बाटो खुलाउने पहल भइरहेको प्रहरीले बताएको छ । पहिरो खस्न रोकिना साथ पहिरो पन्छाउन थालिने प्रहरीले बताएकाे हाे।









प्रतिक्रिया दिनुहोस्