Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न अदालतले दिएन अनुमति


4.4k
Shares

press council kishor shrestha government

काठमाडौं । जिल्ला अदालत ललितपुरले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्नका लागि अनुमति दिन अस्वीकार गरेको छ।

उपभासमुख रुवीकुमारी ठाकुरको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय, ललितपुरको टोली पक्राउ पूर्जीका लागि सोमबार जिल्ला अदालत पुगेको थियो। तर, जिल्ला अदालत, ललितपुरले पक्राउ पूर्जी जारी गर्न अस्वीकार गरेको हो।

उपसभामुख ठाकुरले सोमबार जिल्ला प्रहरी परिसर ललितपुरमा श्रेष्ठविरुद्ध जाहेरी दिएको बताइन्। श्रेष्ठले जनआस्थाको फेसबुक पेज र अनलाइनमा आफ्नो व्यक्तिगत तस्बिर, मर्यादा र संवैधानिक ओजलाई धमिल्याउने तथा व्यक्तिगत चरित्र र प्रतिष्ठामा गम्भीर र अपूरणीय क्षति पुर्‍याउने नियतले अत्यन्तै भ्रामक, असत्य, अनर्गल र निन्दनीय समाचार सम्प्रेषण गरेको उपसभामुख ठाकुरले बताउनुभयाे ।

प्रकाशित समाचारबाट आफ्नो व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा गहिरो चोट पुर्‍याएको जाहेरीमा उल्लेख छ। समाचारमा जोडिएका पुरुष आफूले रक्षाबन्धन बाँधेका दाजु रहेको दाबी उनको छ। उनैसँग अनैतिक सम्बन्धको आरोप लगाएर आफ्नो घोर बेइज्जत र चरित्र हत्या गर्ने प्रयास गरेको उजुरीमा उल्लेख छ।

यसअघि अर्की युवतीसँग रास्वपा सांसदलाई जोडेर लेखेको समाचारको विषयमा श्रेष्ठ पक्राउ परेका थिए। वैयक्तिक गोपनियता हननको आरोपमा पक्राउ परेका श्रेष्ठलाई सोमबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो।