Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


सुनको मूल्य स्थिर रहँदा आज चाँदी भने घट्याे


429
Shares

काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेकाे छ।

सोमबार तोलामा एक हजार ६ सय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला तीन लाख ६ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ।सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ। चाँदी सोमबार प्रतितोला चार हजार सात सय ७० रूपैयाँमा कारोबार भएको थियाे। तर चाँदी मंगलबार भने तोलामा चार हजार सात सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य साेमबारको तुलनामा प्रतितोला १५ रूपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस चार हजार तीन सय ९२ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।