Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


उपसभामुख ठाकुरले पत्रकार किशोर श्रेष्ठविरूद्ध दिइन् प्रहरीमा जाहेरी


2.9k
Shares

काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले जनखआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिनुभएकाे छ।

उपसभामुख ठाकुरले सोमबार श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दर्ता गराउनुभएकाे हाे। ललितपुर प्रहरीले उपसभामुखबाट जाहेरी आएको पुष्टि गर्दै घटनाकाे बारेमा अध्ययन गरिरहेको जनाएकाे छ। जन आस्थामा केही दिनअघि प्रकाशित सामग्रीले आफ्नो चरित्र, प्रतिष्ठा तथा सामाजिक मर्यादामा असर पुर्‍याएको उपसभामुख ठाकुरको दावी छ। उक्त सामग्रीलाई लिएर उहाँले श्रेष्ठमाथि कानूनी कारबाहीको माग गर्नुभएकाे हाे।

यसअघि सांसद अमरकान्त चौधरीसँग सम्बन्धित सामग्री प्रकाशन गरेको आरोपमा पक्राउ परेका श्रेष्ठलाई सर्वोच्च अदालतले सोमबार रिहा गर्न परमादेश जारी गरेकाे थियाे । साेही परमादेश पछि उहाँ साेमबारै राति रिहा समेत हुनुभएकाे छ। गत साउन २५ गते जन आस्था डटकममा चौधरीसँग एक युवतीको तस्बिरसहित सामग्री प्रकाशित भएपछि श्रेष्ठ पक्राउ पर्नुभएकाे थियाे।

उक्त घटनामा दिपिका सिंहले श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा जाहेरी दिनुभएकाे थियाे ।सोही प्रकरणमा अनुसन्धानका क्रममा पक्राउ परेका श्रेष्ठ बन्दी प्रत्यक्षीकरणको रिटपछि सर्वोच्चको परमादेशमा रिहा हुनुभएकाे छ।