Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


उद्योग तथा वाणिय समितिको बैठक आज बस्दै


104
Shares

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिय र श्रम तथा उपभोक्ता हित समितिको बैठक साेमबार बस्दैछ ।

सिंहदरबारमा बैठक बिहान १० बजेदेखि शुरु हुने संसद सचिवालयले जनाएकाे हाे। बैठकमा चिनीको सहज आपूर्तिका सम्बन्धमा सरोकारवालाहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको सचिवालयले जनाएकाे हाे।