काठमाडौं । पाकिस्तानको ‘ब्रोड पिक’ मा यहि साउन १४ गते हिमपहिरोमा परी निधन भएका ३ जना नेपाली नागरिकको शव मंगलबार नेपालमा ल्याइँदैछ ।
परराष्ट्र मन्त्रालयले निधन भएकामध्ये किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडानमार्फत मंगलबार अपराह्न पाैने ५ बजे काठमाडौं आइपुग्ने जनाएको हाे। साेही दुर्घटनामा निधन भएका पुरबहादुर गुरुङ ‘युक्त’को शव साउन २१ गते नेपाल ल्याइसकिएको छ ।
दुर्घटनास्थलबाट एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोही गरी तीन जनाको शव फिर्ता ल्याउन बाँकी रहेकाे छ।









प्रतिक्रिया दिनुहोस्