काठमाडौं । प्रहरीले घरमा पेस्तोल राखेको आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुर घर भई हाल काठमाडौं बस्ने १९ वर्षीय टेकबहादुर सिङ्तान रहेकाे प्रहरीले बताएकाे हाे। उनले अवैध रूपमा हातहतियार लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले मिनभवनमा फेला पारी सोधपुछ गरेको प्रहरीले जनाएको छ ।
त्यसपछि इलाका प्रहरी कार्यालय फापरबारी, मकवानपुरसँग समन्वय गरी घरमा खानतलासी गर्दा खाली म्याग्जिनसहितको एक थान पेस्तोल बरामद गरिएको प्रहरीले बताएकाे हाे । सिङ्तानलाई हातहतियार खरखजाना सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्