Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


टोरन्टोकाे नाथन फिलिप्स स्क्वायरमा १८औँ हिमालयन मेलाको भव्य तयारी


39
Shares

टोरन्टो, क्यानडा ।

टोरन्टोको प्रसिद्ध नाथन फिलिप्स स्क्वायरमा आगामी अगस्ट ८ गते १८औँ वार्षिक ‘हिमालयन मेला’ आयोजना हुने भएको छ। नेप्लीज क्यानेडियन कम्युनिटी सर्भिसेज (NCCS) को आयोजनामा हुने मेलामा १० हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको छ।

मेलामा लोकप्रिय गायक प्रकाश सपूतको विशेष प्रस्तुति, नेपाली मौलिक तथा सांस्कृतिक नृत्य, रैथाने परिकारका स्टल, व्यापारिक तथा सामुदायिक प्रदर्शनी मुख्य आकर्षण रहनेछन्।

NCCS का अध्यक्ष सुदर्शन सापकोटाको नेतृत्वमा पछिल्ला वर्षहरूमा संस्थाले सांस्कृतिक कार्यक्रमसँगै नयाँ नेपालीलाई सहयोग, ज्येष्ठ नागरिकको हित तथा सामाजिक सेवाका क्षेत्रमा समेत काम गर्दै आएको आयोजकले जनाएको छ।

यसैबीच, टोरन्टो सिटी हलले गत अप्रिललाई ‘नेपाली हेरिटेज मन्थ’ घोषणा गरेपछि यस वर्षको हिमालयन मेला नेपाली समुदायका लागि थप विशेष बनेको छ।

Skip This