Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


म्यानमारको जेलमा रहेका १८ जना नेपाली नागरिक रिहा

उनीहरूलाई नेपाल फर्काउने प्रक्रिया हुँदै

156
Shares

काठमाडौं । म्यानमारको जेलमा रहेका १८ जना नेपाली नागरिक रिहा भएका छन् ।

परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले उनीहरूलाई नेपाल फर्काउने प्रक्रिया पनि शुरु भइसकेको जानकारी दिनुभएकाे हाे । म्यान्मारस्थित नेपाली राजदूतावासको पहलमा त्यहाँ विभिन्न अभियोजनमा जेलमा परेका उनीहरू रिहा भएकाे उहाँकाे भनाइ छ।

प्रवक्ता क्षेत्रीले म्यानमारको अदालतले सेप्टेम्बर दोस्रो साता रिहाइ गर्ने भनेकोमा नेपाल सरकारको अनुरोधमा सोही समय अगावै उनीहरूलाई रिहाइ गरिएको बताउनुभयाे । म्यानमारमा अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा कार्यरत उनीहरूलाई केही महिना अघि त्यहाँको प्रहरीले पक्राउ गरेको थियो ।

त्यसपछि उनीहरूलाई जेलमा राखिएको मन्त्रालयले जनाएकाे छ।

Skip This