Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


सप्तकोशीमा पानीको बहाव उच्च, ३० ढोका खोलिएा


0
Shares

 रत्नप्रसाद आचार्य, सुनसरी । पूर्वी पहाडी जिल्लाहरुमा लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि सप्तकोशीमा पानीको बहाव बढेर प्रति सेकेन्ड २ लाख १८ हजार ३ सय क्युसेक पुगेको छ ।

पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ५६ मध्ये ३० वटा ढोका खोलिएको छन । बहाव जोखिमको तहभन्दा धेरै माथि पुगेपछि खतराको संकेतस्वरूप रातो बत्ती बालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र खड्काले जानकारी दिनुभयो ।

सप्तकोशीमा पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । अहिले बहाव त्यसभन्दा झण्डै ७० हजार क्युसेक बढी पुगेकाले कोशी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

नदी किनारमा अनावश्यक रूपमा नजान, माछा मार्न वा डुंगा सञ्चालन नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी गरिएका सूचनाको पालना गर्न प्रहरीले अनुरोध गरेको छ ।