काठमाडाैं । महोत्तरीको बर्दिबासस्थित गढन्ता खोलाको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय बर्दिबासले बर्दिबास नगरपालिका-५ का ६२ वर्षीय टंकबहादुर बस्नेतको मृत्यु भएको जनाएकाे हाे।बुधबार साँझ उनी खोलाछेउको खेतमा गएका थिए । पानी तान्न राखिएको विद्युतीय मोटर खोलाले बगाउन थालेपछि उनले निकाल्ने प्रयास गरेका थिए । साेही समयमा बाढीले एक्कासी बगाउँदा बस्नेत बेपत्ता भएकाे प्रहरीले बताएकाे छ।
खोजी गर्ने क्रममा घटनास्थलबाट करिब ३ किलोमिटर दक्षिणतर्फ खोलामा घोप्टो परेको अवस्थामा बस्नेतको शव फेला परेको प्रहरीले जनाएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्