Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


धादिङ र रसुवासहित देशका २९ जिल्ला आज आकस्मिक बाढीको जोखिममा (सूचीसहित)


299
Shares

काठमाडौं । अविरल वर्षासँगै देशका धादिङ र रसुवासहित २९ जिल्लामा बिहीबार आकस्मिक बाढीको जोखिमको पूर्वानुमान गरिएकाे छ।

बाढी पूर्वानुमान महाशाखाले जनाएको कतिपय साना-ठूला नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको जनाएकाे हाे। बिहीबार दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, नुवाकोट, धादिङ, रसुवा, गोरखा, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, डोटी, डडेलधुरा, कञ्चनपुर, कैलाली र आसपासका जिल्ला भई बहने स–साना नदीमा उल्लेख्य बढ्ने पूर्वानुमान गरिएकाे छ ।

साेही जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको हाे। महाशाखाले अरूण, नारायणी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकी लगायतका ठूला नदीमा पनि बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरेकाे छ।

Skip This