Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


२ दिनदेखि सुनकोशी नदीमा कारसहित ३ जना यात्रु बेपत्ता

गत २४ घण्टादेखि उचित क्षतिपूर्तिको माग गर्दै पीडित परिवारद्वारा मध्यपहडी लोकमार्ग अवरूद्ध

234
Shares

बुद्ध नेपाली-संवाददाता

सिन्धुली । प्रहरीले यात्रुवाहक बसले ठक्कर दिएपछि कारसहित सुनकोशी नदीमा दुई दिनदेखि बेपत्ता भएका ३ जना यात्रु अझै पनि नभेटिएकाे जनाएकाे छ।

शसस्त्र प्रहरीको गोताखोर टोलीसहित नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सक्रियतामा खोजी कार्य भइरहे पनि बेपत्ता कार र यात्रु फेला पर्न नसकेका हुन् । ड्रोन लगायतका प्रविधिहरुको प्रयोग गरी खोजीकार्य गरिएता पनि हालसम्म नभेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो ।

घटनाको छानविन गरी दोषीलाई कडा कारबाही र उचित क्षतिपूर्तिको माग राख्दै पीडित परिवारले गग २४ घण्टादेखि मध्यपहडी लोकमार्ग अवरुद्ध गरिरहेका छन् । कारलाई ठक्कर दिने बस धनी र समितिका व्यक्तिहरु सम्पर्कमा नआएको भन्दै उनीहरुले सडक अबरुद्ध गरेका हुन् । ठक्कर दिने बस धनीले मोबाइल फोन स्वीचअफ गरेका कारण सम्पर्कमा रहन समस्या भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयाे ।

दुर्घटनामा कारसहित सिन्धुपाल्चोकका अन्दाजी ३९ वर्षीया दिल कुमार लामा र सिन्धुलीको गोलन्जोरका गणेश थापा र सिन्धुलीकै १७ वर्षीया सुजन बलमपाकी मगर बेपत्ता भएका हुन् । ठक्कर दिने बस चालक फिक्कल गाउँपालिकाका २६ वर्षीय हेमबहादुर तामाङ प्रहरी नियन्त्रणमा रहेका छन् ।