Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


पहिराेका कारण अवरूद्ध नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा


156
Shares

काठमाडाैं । अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड दुई घण्टापछि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

मुग्लिन-नारायणगढ सडक खण्ड अन्तर्गत सिमलताल नजिकै बुधबार बिहान पहिरो खस्दा दुवैतर्फको यातायात ठप्प बनेको थियो । पहिरो खसे लगत्तै खटिएको सडक डिभिजन कार्यालय भरतपुरको टोलीले मेसिन तथा उपकरणको प्रयोग गरी पन्छाएपछि केही समय अघि मात्रै सडक दुईतर्फी रुपमा नै सञ्चालनमा आएको हो ।

सडक खुलेसँगै रोकिएका सवारी साधनहरू गन्तव्यतर्फ लाग्न थालेका छन् । सोही क्षेत्रमा वर्षासँगै सममय-समयमा पहिरो खस्ने समस्या रहेकाले शतर्कता अपनाएर यात्रा गर्न कार्यालयले अनुरोध समेत गरेको हाे ।