Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


काठमाडाैं र भक्तपुरसहित २५ बढी जिल्ला बाढीको जोखिममा (सूचीसहित)


871
Shares

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले साेमबार काठमाडाैं र भक्तपुरसहित २५ जिल्लाका साना नदीहरूमा बाढीको जोखिम रहेको जनाएको छ।

महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार साेमबार काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक भई बहने साना नदीहरूमा जलसतह उल्लेख्य बढ्ने भएकाे हाे। साेही जिल्लाका नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ।

त्यसैगरी ताप्लेजुङ, झापा, धनकुटा, संखुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ र मकवानपुरका साना नदीहरूमा पनि बाढीको मध्यम जोखिम छ। गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिम आसपासका साना नदीहरूमा पनि जलसतह बढेर आकस्मिक बाढी आउने मध्यम सम्झावना रहेको हाे।

महाशाखाले साेमबार बिहानको मापनमा भने देशका प्रमुख ठूला नदीहरूको बहाव सामान्य रहेकाे जनाएकाे छ। कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको जलसतह सतर्कता तह भन्दा तलै छ। कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा फनि हाल बाढीको खतरा नभएकाे जनाइएकाे छ।

महाशाखाले मंगलबार भने देशका सातै प्रदेश भई बहने केही साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान गरेको हाे।