Logo १८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026


श्रावणको तेस्रो सोमबार बिहानैदेखि पशुपतिसहित देशैभरका शिवालयमा दर्शनार्थीको घुइँचो


234
Shares

काठमाडौं । श्रावणको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशैभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ ।

पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीको सहजताका लागि साेमबार बिहानदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको जनाएको ह्ये। साथै बोल बम यात्रीका लागि विशेष व्यवस्था गरिएको छ । मन्दिरमा प्रवेश चार वटा लामको व्यवस्था गरिएको छ ।

पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर र वसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव लगायत राजधानीका ठूलासाना सबै शिव मन्दिरमा पनि भक्तजनको लाम लागेको हाे ।