काठमाडाैं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्ना प्रतियोगिताहरूको स्वामित्वको केही हिस्सा निजी क्षेत्रलाई बेच्ने योजना अघि बढाए युरोपेली फुटबल महासंघ (यूईएफए) ले विश्वकप बहिष्कार गर्ने निर्णय गरेको छ ।
साेही निर्णय फिफाले यसै साताको शुरुमा सार्वजनिक गरेको प्रस्तावमाथि छलफल गर्न बिहीबार बोलाइएको आकस्मिक बैठकमा यूईएफएका ५५ सदस्य संघहरूले विश्वकप बहिष्कार गर्ने पक्षमा मतदान गरेका हुन् । उत्तर तथा मध्य अमेरिकी फुटबल महासंघ (कन्काकाफ) ले बिहीबारको बैठकपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अघि सारेको प्रस्तावलाई आफ्ना ४१ सदस्यहरूले अस्वीकार गरेको बताएका छन् ।
कन्काकाफका सदस्य राष्ट्रहरूले पनि इन्फान्टिनोमाथिको विश्वास गुमाउँदै गएको स्रोतहरूले बीबीसीले जनाएको हाे । युरोपेली फुटबल महासंघ (यूईएफए) ले यसअघि नै विज्ञप्तिमार्फत आफ्नो कडा विरोध स्पष्ट पारिसकेको थियो । बैठकले त्यसप्रतिको असन्तुष्टिलाई अझ सशक्त रूपमा पुनः पुष्टि गरेको छ ।
विश्वकपलाई लगानीको वस्तुका रूपमा हेर्न नसकिने यूईएफएले जनाएकाे हाे। यूईएफएको बहिष्कारमा पुरुष तथा महिला विश्वकपका साथै क्लब विश्वकपसहित फिफाका सबै प्रतियोगिता समावेश हुने भएकाे छ। यस अडानको पहिलो परीक्षण आगामी अक्टोबरमा महिला विश्वकपको प्लेअफ प्रतियोगिता आयोजना हुँदा हुने बीबीसीले जनाएको हाे।
यूईएफएको बैठकमा इंग्ल्यान्ड फुटबल संघ (एफए) की अध्यक्ष डेबी हेविट र प्रमुख कार्यकारी मार्क बुलिंगमले पनि सम्बोधन गरेको बताइएको छ । फिफाका आठ उपाध्यक्षमध्ये एक रहेकी हेविटलाई समेत अध्यक्ष जियानी इन्फान्टिनोले अघि बढाइरहेको यस योजनाकाे बारेमा भइरहेको छलफलको पूर्वजानकारी नभएको बीबीसीले जनाएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्