Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


ज्यापु संस्कृति विकास कोषको कार्यक्रम


0
Shares

काठमाडौं ।
ज्यापु संस्कृति विकास कोषले काठमाडौँको क्षेत्रपाटीमा ‘ज्यापु दिवस तथा गुरु पूजा’ कार्यक्रम सम्पन्न गरेको छ ।

नेवार समुदायको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको उपस्थिति रहेको थियो ।

कार्यक्रममा परम्परागत सीप र ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विभिन्न क्षेत्रका गुरुहरूको सम्मान एवं पूजा गरिएको थियो ।

ज्यापु संस्कृति विकास कोषले हरेक वर्ष यो दिवसलाई सांस्कृतिक उत्सवका रूपमा मनाउँदै आएको छ । कार्यक्रममा विभिन्न गुठीका प्रतिनिधि, सांस्कृतिक क्षेत्रका अगुवा तथा स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।