Logo २ आश्विन २०८३, शुक्रबार | Sat Sep 19 2026


विद्युत् महसुल पुनरवलोकन गर्न समिति गठन


156
Shares

काठमाडौं ।

विद्युत् महसुल महसुल दर पुनरावलोकन गर्न विद्युत् प्राधिकरणले समिति गठन गरिएको छ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उत्पादित विद्युत्‌को अधिकतम उपयोग सुनिश्चित गर्न समिति गठन गरेको हो ।

बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले गार्हस्थ उपभोक्तालाई सहुलियत प्रदान गर्न, उच्च विद्युत् खपत गर्ने उत्पादनमूलक उद्योगलाई उपयुक्त महसुल दरमा विद्युत् उपलब्ध गराउन तथा समग्र विद्युत् खपत वृद्धि गर्ने उद्देश्यले नयाँ दर सिफारिस गर्न ‘विद्युत् महसुल पुनरावलोकन समिति’गठन गरेको हो ।

प्राधिकरणको बैठकले उपभोक्तालाई सहुलियत दिन र संस्थागत पारदर्शिता कायम गर्ने उद्देश्यले यी समितिहरू गठन गरेको छ । सञ्चालक समिति सदस्य अंशु किरण शाहीको संयोजकत्वमा गठित यस समितिले नयाँ दर सिफारिससहितको प्रतिवेदन १५ दिनमा पेस गर्ने कार्यादेश पाएको छ ।

समितिको सदस्य सचिवमा नेविप्रा वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक रहेका छन् । यस समितिलाई कार्य सम्पन्न गर्न १५ दिनको समयावधि दिइएको छ ।