Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


सेवाग्राहीसँग घुस लिएकाे आराेपमा वडा सचिव साह पक्राउ


13
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको गौरीगञ्ज गाउँपालिका–१ का वडासचिव अजयकुमार साहलाई १० हजार घुससहित पक्राउ गरेको छ ।

आयोगले सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने क्रममा सेवाग्राहीलाई दुःख–हैरानी दिइ घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले साहलाई पक्राउ गरेकाे हाे । आयोगले सेवाग्राहीसँग १० हजार घुस लिइसकेको अवस्थामा सोही वडास्थित एक स्थानीय होटलबाट साेमबार नियन्त्रणमा लिएको हो।

आयोगले घटनाकाे बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।