Logo २५ भाद्र २०८३, बिहिबार | Fri Sep 11 2026


हिरोको ‘भिडा’ ब्रान्ड नेपाली बजारमा


234
Shares

काठमाडौं । हिरोको भिदा ईभी स्कुटर नेपाली बजारमा भित्रिएको छ । नेपाली बजारमा प्रवेशसंगै भिदाले अन्तर्राष्ट्रिय यात्रा थालेको छ ।

हिरोद्वारा सञ्चालित विद्युतीय दुई पांग्रे ब्राण्ड भिदाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रुपमा नेपालमा औपचारिक प्रवेश गरेको छ । योसंगै भिदाले आफ्नो विश्वव्यापी विस्तारको सुरुवात गरेको हो ।

नेपाली ग्राहकको बहुआयामिक जीवनशैली र आवश्यकता अनुरुप भिदा भिएक्स टू ईभूटर सिरिज तथा युवापुस्ता लक्षित भिदा डर्ट ई के थ्री विद्युतीइ अफ रोड मोटरसाइकल अब नेपाली बजारमा उपलब्ध हुने भएको हो ।

दैनिक आवतजावत प्रयोजनका लागि डिजाइन गरिएको भिदा भी एक्स टू ईभूटरले अत्याधुनिक प्रविधि, उत्कृष्ट रेन्ज, शक्तिशाली कार्यक्षमता तथा उच्च गुणस्तरका कारण विश्वप्रशिद्ध अनुसन्धान संस्था जे डी पावरको टू–ह्वीलर इनिशियल क्वालिटी स्टडी मा उत्कृष्ट स्थान हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ ।

यस्तै, भिदा डर्ट ई के थ्री ले युवापुस्तालाई सुरक्षित, रोमाञ्चक तथा पूर्ण रुपमा विद्युतीय अफ–रोड राइडिङको अनुभव प्रदान गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ । नेपालमा भिदाका उत्पादनहरु चौधरी ग्रुप अन्तर्गत्को सीजी मोटर्स मार्फत् आधिकारिक रुपमा उपलब्ध हुनेछन् ।

चौधरी ग्रुपकाे प्रवन्ध निर्देशक निर्वाण चौधरीले दैनिक प्रयोगकर्ता तथा नयाँ पुस्ताका राइडरहरुको आवश्यकता अनुरुप विकसित यी अत्याधुनिक विद्युतीय उत्पादनले नेपालको दुई पांग्रे बजारमा नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

Skip This