Logo २५ भाद्र २०८३, बिहिबार | Fri Sep 11 2026


नाइमा मोबिलिटी एक्स्पोमा दुई दर्जनभन्दा बढी नयाँ ईभी सार्वजनिक हुने


78
Shares

काठमाडौं । साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा दुई दर्जनभन्दा बढी नयाँ चारपाङ्ग्रे सवारीसाधन सार्वजनिक हुने भएका छन्।

प्रदर्शनीको प्रमुख आकर्षण चीनका राष्ट्रपतिले प्रयोग गर्ने लक्जरी ब्रान्ड हङसी (Hongqi) को नेपाल प्रवेश रहनेछ। साथै, आर्कफक्स, बीएआईसी, वुलिङ, ओमोडा, चेरी, निसान, एमजी लगायतका ब्रान्डले पनि आफ्ना नयाँ विद्युतीय मोडल सार्वजनिक गर्ने तयारी गरेका छन्।

आयोजकका अनुसार प्रदर्शनीमा ५२ भन्दा बढी ब्रान्ड सहभागी हुनेछन् भने ४० भन्दा बढी नयाँ उत्पादन सार्वजनिक गरिनेछ। अधिकांश नयाँ मोडल विद्युतीय तथा स्मार्ट प्रविधियुक्त हुने भएकाले यसपटकको एक्स्पो हरित यातायात र आधुनिक प्रविधिमा केन्द्रित रहने अपेक्षा गरिएको छ।

Skip This