काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले आफ्नै मतदातालाई धाकधम्की दिएको भिडिओ सार्वजनिक भएको छ ।
कैलालीको लम्कीचुहा अस्पतालको विषयमा आयोजित छलफलका क्रममा सांसद खनालले प्रश्न उठाउने व्यक्तिलाई आक्रोशित हुँदै धम्कीपूर्ण अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएको हो ।
सार्वजनिक भएको भिडिओमा सांसद खनालले औंला ठड्याउँदै ‘कल्ले भन्यो प्रमाण छ ? हाल्छु, जाक्छु समाएर अनि थाहा हुन्छ’ भन्दै गरेको देखिन्छ । खनालले थप भनेका छन्, ‘यस्ता मान्छेलाई त तपाईंहरूले सदस्यमा राख्नुभएको छ । अनाधिकृत बोल्न मिल्छ ? कल्ले फोन गर्यो ? प्रमाण छ तपाईंसँग ?’ भनेकाे भिडियाे सुनिन्छ । भिडिओ सार्वजनिक भएपछि सांसद खनालको चौतर्फी आलोचना भइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्