Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


देशका सबै प्रदेशमा आज मेघगर्जन-चट्यांगसहितकाे मध्यम र भारी वर्षा हुँदै


13
Shares

काठमाडाैं । माैसम पूर्वानुमान महाशाखाले हाल देशैभर मनसुनी वायूको प्रभाव रहेको जनाएकाे छ।

साेमबार बिहान मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको हाे। देशैभर साधारणतया बादल लागेको छ । गण्डकी, लुम्बिनी, बागमती र सुदूरपश्चिम प्रदेशको केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भैरहेको महाशाखाले जनाएकाे हाे।

सोमबार दिउँसो भने देशको हिमाली तथा पहाडी भू-भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा साधारणतया बादल लाग्नेछ । मधेश र कोशी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे । देशका हिमाली तथा पहाडी भू-भागका हधिकांश स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना छ।

काेशी, लुम्बिनी, सुदूरपश्चिम, बागमती, गण्डकी र मधेश प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे हाे। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू-भागका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

साेमबार राति भने देशैभर साधारणतया बादल लाग्ने भएकाे हाे। देशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षाको समेत सम्भावना रहेकाे हाे।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू-भागका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।