Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै


52
Shares

काठमाडौं। संघीय संसद् मातहतका ३ वटा संसदीय समितिको बैठक साेमबार बस्दैछ ।

संघीय संसद् सचिवालयले सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । साेमबार बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने भएकाे हाे । बैठकमा समतिकिो आर्थकि वर्ष २०८३/८४ को वार्षकि कार्ययोजना सम्बन्धमा विस्तृत छलफल हुने सचिवालयले जनाएकाे छ।

त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक साेमबार बिहान साढे ११ बजे बस्ने भएकाे छ। बैठकमा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको केन्द्रीय इतिहास विभागका पदाधिकारीहरूसँग छलफल गर्ने कार्यक्रम तय गरिएको सचिवालयले जनाएकाे हाे ।

त्यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक साेमबार दिउँसाे २ बजे बस्ने भएकाे छ। बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ को कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुने कार्यक्रम रहेको सचिवालयले जनाएकाे हाे ।

Skip This