काठमाडौं ।
नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्गका रूपमा निर्माण सम्पन्न भएको ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ भोलिदेखि संचालन हुने भएको छ ।
नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को संयुक्त लगानी तथा सहुलियतपूर्ण ऋणमा बनेको यस आयोजनाको कुल लागत करिब १९ अर्ब रुपैयाँ रहेको छ ।
जापानी निर्माण कम्पनी ‘हाज्मा आन्दो कर्पोरेसन’ ले विक्रम संवत २०७६ देखि निर्माण सुरु गरेको यस मुख्य सुरुङको लम्बाइ २ दमलव ६८ किलोमिटर रहे पनि निकास मार्ग र क्रस–प्यासेजसहित कुल लम्बाइ करिब ५ दमलव ५ किलोमिटरको छ ।
भोलि उद्घाटनपश्चात सुरुमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक सवारीसाधन मात्र सञ्चालनमा ल्याइनेछ । सुरक्षा परीक्षण तथा प्राविधिक जाँच गरेर करिब एक महिनाभित्र यसलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी छ ।
यस सुरुङमार्गमा मोटरसाइकल तथा प्रज्वलनशील एवं विस्फोटक पदार्थ बोकेका सवारीसाधन चलाउन भने पूर्ण रूपमा निषेध गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्