Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


सिमा नाकामा सशस्त्रको ‘बोर्डर इन्टरयाक्सन टिम’ परिचालन


0
Shares

काठमाडौं ।
कैलालीस्थित नेपाल–भारत सीमा नाका त्रिनगरमा सशस्त्र प्रहरीले ‘बोर्डर इन्टरयाक्सन टिम’ (बीआईटी) परिचालन गरेको छ ।

सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र समन्वयात्मक बनाउने उद्देश्यले सशस्त्र प्रहरीले बीआईटी परिचालन गरेको हो । यस कार्यक्रम अन्र्तगत विशेष तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई सीमा नाकामा परिचालन गरिएको छ ।

सिमा नाकामा बिशेष तालिम प्राप्त जनशक्ति खटाउने सशस्त्र प्रहरी मुख्यालयको निर्देशनअनुसार कार्यक्रम सुरु गरिएको सशस्त्र प्रहरीको बैधनाथ बाहिनी मुख्यालय अत्तरियाले जानकारी दिएको छ । सुदूरपश्चिम प्रदेशमा धनगढीको त्रिनगर नाकाबाट सुरु गरिएको बीआईटी कार्यक्रम क्रमशः प्रदेशका अन्य सीमा नाकामा क्रमशः बिस्तार गरिनेछ ।

बाहिनीपति वैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाकाे दिग्विजय सुवेदीले बीआईटी परिचालनपछि सीमा क्षेत्रमा हुने गतिविधिको प्रभावकारी व्यवस्थापन, स्थानीय बासिन्दासँग समन्वय, सूचना आदानप्रदान तथा सीमापार हुने विभिन्न चुनौतीको समयमै पहिचान र नियन्त्रण गर्ने कामका हुने सशस्त्र प्रहरीले जनाएको छ ।

बीआईटी परिचालनसँगै सीमा क्षेत्रमा स्थानीय समुदायसँगको सम्बन्ध थप सुदृढ हुने तथा सीमा सुरक्षा व्यवस्थापनलाई आधुनिक, समन्वयात्मक र जनमैत्री बनाउन सहयोग पुग्ने सशस्त्र प्रहरीको विश्वास छ ।