Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


देशका-सातै प्रदेशमा आज दिउँसाेदेखि मध्यमदेखि भारी वर्षा हुने


0
Shares

काठमाडाैं । माैसम पूर्वानुमान महाशाखाले हाल देशैभर मनसुनी वायूको प्रभाव रहेको जनाएकाे छ।

आइतबार बिहान मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको हाे। कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ । बाँकी प्रदेशमा आंशिक बादल लागेको हाे ।

त्यस्तै, आइतबार दिउँसो भने देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने भएकाे छ। तराई भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे। देशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना छ। बागमती, गण्डकी, कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्म वर्षाको समेत सम्भावना महाशाखाले जनाएकाे हाे।

त्यसैगरी आइतबार राति भने देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा पनि साधारणतया बादल लाग्ने भएकाे हाे । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ । बागमती, गण्डकी, कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यम वर्षाको समेत सम्भावना हाे।

बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।