एजेन्सी। काँकरोच जनता पार्टी (सीजेपी) ले आफ्नो आन्दोलनका सबै कार्यक्रम औपचारिक रूपमा अन्त्य गरिएकाे घोषणा गरेको छ ।
सीजेपीले शनिबार सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै भारत सरकार आफ्ना सबै प्रमुख माग सम्बोधन गर्न सहमत भएकाले आन्दोलन अन्त्य गर्ने निर्णय गरिएको जनाएको हाे । सरकारले ‘निट’ परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणपछि आत्महत्या गरेका परीक्षार्थीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता पार्टीले उल्लेख गरेको छ ।
त्यस्तै, केन्द्र सरकार तथा एनडीए शासित राज्यमा प्रदर्शनकारीमाथि दर्ता गरिएका सबै मुद्दा फिर्ता लिइने सहमति भएको पार्टीले जनाएको हाे ।परीक्षा प्रणाली सुधार सम्बन्धी पार्टीले बुझाएको मागपत्रमाथि पनि सरकार छलफल गर्न तयार भएको बताएकाे छ।
आन्दोलनको मुख्य मागका रूपमा रहेको केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिइसकेका छन् । दिल्ली जन्तर–मन्तरमा धर्ना दिइरहेका हजारौं विद्यार्थी र सीजेपीले प्रधानको राजीनामाबिना आन्दोलन अन्त्य नगर्ने अडान लिएका थिए ।
आन्दोलन चर्कंदै जाँदा सरकारमाथि पनि उल्लेखनीय राजनीतिक दबाब परेको थियो ।









प्रतिक्रिया दिनुहोस्