Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


डा.गोविन्द केसीका माग संवादमार्फत यथाशीघ्र समाधान गर्ने शिक्षामन्त्री पोखरेलकाे प्रतिबद्धता 


39
Shares

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले संवादका माध्यमबाट डा.गोविन्द केसीका मागका विषयको यथाशीघ्र सहमतिपूर्ण समाधानमा पुग्न प्रतिबद्ध रहेको बताउनुभएकाे छ।

सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री पोखरेलले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत डा.केसीले उठाएका मागका सन्दर्भमा यथाशीघ्र सहमतिपूर्ण समाधानमा पुग्न तयार रहेको बताउनुभएकाे हाे । उहाँले शुक्रबार डा.केसीसँग संवाद भएको र यहि संवादलाई टेकेर अघि बढ्न शनिबार शिक्षा सचिव चूडामणि शर्मालाई धनगढी पठाइएको बताउनुभएकाे छ ।

मन्त्री पोखरेलले डा. केसीसँग टेलिफोनमार्फत संवाद गरेको बताउनुभयाे। उहाँले सोही संवादलाई औपचारिक रूपमा अगाडि बढाउने क्रममा मन्त्रालयका सचिव पाैडेल डा. केसीसँग प्रत्यक्ष संवादका लागि धनगढी पुग्नुभएकाे जानकारी गराउनुभएकाे छ।

Skip This