Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


रसुवामा ईभी गाडी त्रिशूलीमा खस्यो, चालक बेपत्ता


2k
Shares

रसुवा । रसुवाको गोसाइकुण्ड गाउँपालिका–५ स्थित पासाङ ल्हामु सडकखण्डमा शुक्रबार साँझ एक ईभी सडकबाट करिब २५ मिटर तल त्रिशूली खोलामा खस्दा चालक बेपत्ता भएका छन्।

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रसुवाका अनुसार साँझ करिब ५ बजेर ४० मिनेटमा स्याफ्रुबेशीबाट धुञ्चेतर्फ जाँदै गरेको इभी गाडी दुर्घटना भएकाे हाे । दुर्घटनापछि गाडीसहित चालक त्रिशूली खोलामा बेपत्ता भएको जनाइएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्रहरी नायब उपरीक्षक अशोक थापाको नेतृत्वमा १० जना प्रहरी चौकी स्याफ्रुबेशीबाट ४ जना तथा सशस्त्र प्रहरी बल नम्बर २० गुल्म धुञ्चेबाट सशस्त्र प्रहरी नायब निरीक्षक ईश्वर आचार्यको नेतृत्वमा ११ जनाको उद्धार टोली घटनास्थलमा परिचालन गरिएको छ।

हाल बेपत्ता चालक तथा ईभी गाडीको खोजी तथा उद्धार कार्य जारी रहेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रसुवाले जनाएको छ।

Skip This