Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


आम-नागरिकमा अध्ययनको शैली परिवर्तन हुँदै गएकाेप्रति प्रहरी महानिरीक्षक कार्कीकाे चिन्ता

प्रविधिमैत्री र प्रभावकारी सूचना प्रवाह गर्नुपर्नेमा जोड

0
Shares

काठमाडाैं । नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय आम नागरिकमा अध्ययनको शैली परिवर्तन हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएकाे छ।

काठमाडाैंमा शुक्रबार मेट्रो ट्राफिक एफएमको १४ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रविधिमैत्री र प्रभावकारी सूचना प्रवाह गर्नुपर्नेमा जोड दिनुभएको हाे । महानिरीक्षक कार्कीले मानिसहरूमा लामो लेख वा समाचार पढ्ने रुचि घट्दै गएको र छोटो सामग्रीप्रति आकर्षण बढेको उल्लेख गर्नुभयो । सामाजिक सञ्चारमाध्यम र टिकटक जस्ता प्लेटफर्मले गर्दा नागरिकको सूचना ग्रहण गर्ने बानी बदलिएको बताउनुभएकाे छ। उहाँले नेपाल प्रहरीले पनि सोही अनुरूप आफूलाई परिमार्जन गरिरहेको समेत जानकारी दिनुभयो ।

महानिरीक्षक कार्कीले कृषि, पर्यटन, सुरक्षाका उत्कृष्ट कार्य र आधुनिक सिर्जनाका विविध विधामा लागेका आम नागरिकका सफलताका कथाहरूलाई सञ्चार माध्यमले स्थान दिनुपर्नेमा जोड दिनुभएकाे छ । यस्ता सकारात्मक समाचारले समाजलाई सभ्य, सचेत र उद्यमशील बनाउन प्रेरित गर्ने र समग्र समाजलाई नै रचनात्मकतातर्फ मोडिने अभिलाषा उहाँले व्यक्त गर्नुभयो ।