Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार बढी दावी भुक्तानी


13
Shares

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२/८३ मा गत आर्थिक वर्ष र २०८२ पुस महिनासम्म स्वीकृत स्वास्थ्य बीमा दावी बापत २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४ सय ७९ भुक्तानी गरेको छ।

बोर्डले आर्थिक वर्ष २०८२/८३ मा असोज, कात्तिक र मंसिरसम्म प्राप्त दावी मध्ये स्वीकृत दाबीको भुक्तानी यसअघि नै सम्पन्न गरिएको जनाएकाे हाे । पछिल्लो निर्णय अनुसार २०८२ पुस महिनाको स्वीकृत भएका दावीहरूको रकम २ अर्ब ४ करोड ८३ लाख ७ हजार ७ सय ६९ सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैंक खातामा जम्मा गरिएको छ।

याेसँगै आर्थिक वर्ष २०८२/८३ अन्तर्गत पुस महिनासम्मका स्वीकृत दावीहरूको भुक्तानी सम्पन्न भएको बोर्डले जनाएको हाे। बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई दावी भुक्तानी नियमित, पारदर्शी र चरणबद्ध रूपमा अगाडि बढाइरहेको बताएकाे छ।