Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


अनशनरत भारतीय अभियन्ता वाङचुकले २६ दिनपछि तोडे अनशन


13
Shares

एजेन्सी । अनशनरत भारतीय अभियन्ता सोनम वाङचुकले २६ दिनपछि अनशन तोडेका छन् ।

भारतमा परीक्षाका प्रश्नपत्र बाहिरिएका घटनाको शृंखलापछि केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै साेनम अनशन बसेका थिए । बिहीबार राति सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गर्दै ५९ वर्षीय साेनमले विभिन्न सर्तहरूमा भएको लामो छलफल र देशमा हुन सक्ने सम्भावित हिंसालाई ध्यानमा राख्दै आफूले अनशन अन्त्य गरेको जानकारी गराएका छन् । उनले ती सर्तहरूकाे बारेमा छुट्टै भिडियोमार्फत जानकारी दिने समेत बताएका हुन्।

त्यस्तै, प्रश्नपत्र बाहिरिनेक्रम रोक्न कडा कानून ल्याइने भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले ‘एक्स’ मार्फत भिडियो सम्बोधन सार्वजनिक गरे लगत्तै साेनमको यस्ताे घोषणा आएको छ । प्रधानमन्त्री मोदीले प्रश्नपत्र चुहावट गराउने कार्यमा संलग्नहरूविरुद्ध फास्ट–ट्रयाक अदालतमार्फत कारबाही अघि बढाउने उपायमा काम गरिरहेको र शुक्रबार मन्त्रिपरिषदमा यस विषयमा छलफल हुने बताउनुभयाे।

भिडियो सम्बोधनमा शिक्षामन्त्री प्रधानको नाम नलिई प्रधानमन्त्री मोदीले प्रश्नपत्र बाहिरिने घटनालाई लाखौं विद्यार्थीका लागि अत्यन्तै पीडादायी विषय भएको बताउनुभएकाे छ ।