Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


बागमती प्रदेश सरकारमा सहभागी एमालेका ६ जना मन्त्रीले दिए राजीनामा (पत्रसहित)


39
Shares

काठमाडाैं। नेकपा एमालेका बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले बुधबार सामूहिक रुपमा राजीनामा दिएका छन् ।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले पार्टीका तर्फबाट सहभागी ६ जना मन्त्रीको सामूहिक रुपमा राजीनामा मुख्ममन्त्री कार्यालयलाई पठाउनुभएकाे हाे । बागमती सरकारमा एमालेका तर्फबाट बिन्दु श्रेष्ठ, डा. दिनेशचन्द्र देवकोटा, किरण थापा, भरतबहादुर केसी, मधुसूदन पौडेल र जयराम थापा मन्त्री बनेका थिए ।

बागमतीमा नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार रहेकोमा एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री बानियाँ अल्पमतमा पर्नुभएको छ ।