Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा रहेकाे कांग्रेस सभापति थापाकाे व्यङ्ग्यात्मक टिप्पणी


117
Shares

काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र प्रतिपक्ष दुवैको कार्यशैलीमा समानता रहेको भन्दै व्यङ्ग्यात्मक टिप्पणी गर्नुभएको छ ।

ललितपुरमा बुधबार वीपी कोइरालाको स्मृति दिवसका अवसरमा आयोजित जलवायु जनचेतना दौड मकार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । जलवायु परिवर्तनबारे सचेतना जगाउन आयोजित पाँच किलोमिटरको दौड विना कुनै विश्राम पूरा गरेपछि सभापति थापाले प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिको प्रसङ्ग जोड्नुभएको थियाे।

यसअघि चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनका क्रममा प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले वर्तमान सरकारको गाडीमा ‘ब्रेक’ नरहेको र यो गन्तव्यमा पुगेपछि मात्र रोकिने अभिव्यक्ति दिनुभएको थियो । सभापति थापाले सोही अभिव्यक्तिलाई लक्षित गर्दै प्रतिपक्षको सक्रियतालाई पनि ‘ब्रेक’ विनाको दौडसँग तुलना गर्नुभएको हो ।

सभापति थापाले उक्त टिप्पणीलाई सहज रूपमा लिँदै ‘यसपालि यस्तै हो’ भनी जवाफ दिएको सुनाउनुभयो ।