काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग मंगलबार छलफल गर्नुहुने भएकाे छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बिहान साढे ११ बजेदेखि छलफल शुरु हुने भएकाे हाे । छलफलमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष वसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी हुँदैछन् । छलफल तयारी पोसाक उद्योगको वर्तमान अवस्था, उद्योगले भोगिरहेका समस्या, उत्पादन तथा निर्यात प्रवर्धन, रोजगारी सिर्जना र उद्योग क्षेत्रको समग्र विकासका विषयमा केन्द्रित हुने भएकाे हाे।
प्रधानमन्त्री शाहले पछिल्ला दिनहरूमा निजी क्षेत्र, उद्योगी–व्यवसायी तथा सरोकारवाला निकायहरूसँग निरन्तर संवाद गर्दै उनहरूले भोगिरहेका समस्या, समाधानका उपाय र नीतिगत सुधारका विषयमा सुझाव लिने तथा कार्यान्वयनका लागि सम्बन्धित निकायहरूलाई आवश्यक निर्देशन दिँदै आउनुभएकाे छ।









प्रतिक्रिया दिनुहोस्