Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


सामाजिक सुरक्षा कोषमा कूल १ खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार बढी रकम जम्मा

कोषमा ३० लाख ४३ हजार बढी योगदानकर्ता आवद्ध

13
Shares

काठमाडौं । सामाजिक सुरक्षा कोषमा कूल एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५ सय २५ बराबरको योगदान रकम जम्मा भएको छ ।

आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म उक्त योगदान रकम जम्मा भएको हो । सूचीकृत रोजगारदाता र सूचीकृत योगदानकर्ताले उक्त रकम जम्मा गरेका छन् । कोषका अनुसार सूचीकृत रोजगारदाताको संख्या २३ हजार ४ सय ९० पुगेको छ । सूचीकृत योगदानकर्ताको संख्या ३० लाख ४३ हजार २ सय पुगेको हाे । कोषले २१ अर्ब २७ करोड एक लाख २० हजार २ सय ५२ बराबरकाे दावी भुक्तानी गरेको छ ।

औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दावीतर्फ तीन अर्ब ५२ करोड पाँच लाख ४७ हजार ४ सय ६२ उपलब्ध गराइएको छ ।दुर्घटना तथा अशक्तता सुरक्षा दावीतर्फ ३० करोड ४६ लाख ६ हजार ५ सय १४, आश्रित परिवार सुरक्षा दावीतर्फ ३८ करोड चार लाख २५ हजार २ सय १६ र अवकाश दावीतर्फ १७ अर्ब ६ करोड ४५ लाख ४१ हजार ६१ बराबर रकम उपलब्ध गराइएको हाे ।

पछिल्लो पटक वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत कोषमा समेटिएपछि योगदान रकम वृद्धि भएको छ। कोषले पेन्सन, औषधि उपचार तथा अन्य सामाजिक सुरक्षाका कार्यक्रमसमेत अगाडि बढाइएकाले कोषप्रति आम मानिसको चासो बढ्दै गएको जनाएकाे हाे ।