Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


संसदीय सुनुवाई समितिको बैठक आज बस्दै

बैठकमा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्तिका लागि प्रस्तावित व्यक्तिविरूद्धको उजुरी खोलिंदै

13
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत संसदीय सुनुवाई समितिको बैठक मंगलबार बस्दैछ ।

संसद सचिवालयले बैठक मंगलबार बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष सिंहदरबारमा बस्ने जनाएकाे हाे। बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरुको सम्बन्धमा प्राप्त उजुरी खोल्ने र समिति सदस्यहरुलाई वितरण गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, बैठकमा प्रस्तावित व्यक्तिहरुले पेस गरेको कार्ययोजना समेत वितरण गरिने समेत सचिवालयले जनाएकाे हाे। गत असार १९ गते बसेको संवैधानिक परिषद बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्त पदमा मानबहादुर कार्की तथा आयुक्तमा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।