Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


युद्ध विरामका लागि कूटनीतिक पहल मध्यस्थकर्तामार्फत जारी रहेकाे इरानको दावी

सम्झौताको ‘पाठ पूर्ण रूपमा स्पष्ट रहेको वाचालाई तोड्न वाशिंटनले कुनै बहाना गर्न नहुने स्पष्ट

26
Shares

एजेन्सी। इरानले अमेरिकासँग लगातार आक्रमण भइरहेकाे समयमा मध्यस्थकर्ताबाट युद्ध विरामका लागि कूटनीतिक प्रस्तावहरू प्राप्त गरेको जनाएको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले तेहरानमा साेमबार साप्ताहिक पत्रकार सम्मेलनमा मध्यस्थकर्ताबाट युद्ध विरामका लागि कूटनीतिक प्रस्तावहरू प्राप्त गरेको पुष्टि गर्नुभएको हो । कतारले अमेरिका–इरान वार्ता पुनः शुरु गर्न र १० दिनको युद्ध विरामका लागि नयाँ प्रस्ताव ल्याएको खबर बारेमा उहाँलाई सोधिएको प्रश्नको जवाफमा पछिल्लो जानकारी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रवक्ता बघाईले इरानको कूटनीतिक संयन्त्र अमेरिकाको हमलाको सैन्य जवाफसँगै सक्रिय रहेको बताउनुभएको छ । गत जुन १८ मा वाशिङ्टनसँग हस्ताक्षर गरिएको शान्ति समझदारी पत्रकाे बारेमा उहाँले यो सम्झौताको ‘पाठ पूर्ण रूपमा स्पष्ट रहेको र यो वाचालाई तोड्न वाशिङ्टनले कुनै बहाना गर्न नहुने स्पष्ट पार्नुभयाे ।

अमेरिकाले बारम्बार आफ्नो प्रतिबद्धता तोडेपछि तेहरानले पनि आफ्नो दायित्व रोकेको प्रवक्ता बघाईले बताउनुभएकाे छ। इरानले हर्मुज जलमार्गमाथि आफ्नो सार्वभौमिकता प्रयोग गर्ने र आफ्नो हितविरुद्ध कुनै पनि खालको ‘दुरुपयोग’ रोक्ने अडान समेत उहाँले दोहोर्‍याउनुभएको छ ।