एजेन्सी । फिफा विश्वकप फुटबलका अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले खेलेको भूमिकाको प्रशंसा गर्नुभएकाे छ।
राष्ट्रपति ट्रम्पले म्यानहटनको ट्रम्प टावरमा इन्फान्टिनो र अन्तर्राष्ट्रिय फुटबल स्टारका लागि आयोजना गरेको स्वागत समारोहलाई सम्बाेधन गर्दै फिफा अध्यक्ष इन्फान्टिनोले विश्वकप फुटबल–२०२६ सफल भएको बताउनुभएको हाे । उहाँले भन्नुभयो,-‘यस विश्वकपबाट संसारभरिका मानिसलाई एकजुट बनाउने आफ्नो लक्ष्य हासिल भएको छ । हरेक खेलमा टिकट पूर्ण बिक्री हुनु, उच्च टेलिभिजन रेटिङ्स विश्वकपले सबैको अपेक्षा पूरा गरेको प्रमाण हुन् ।’
उहाँले संसारलाई एकताबद्ध गर्ने अमेरिकी सपना वास्तविकतामा परिणत भएको समेत बताउनुभयो । त्यसैगरी राष्ट्रपति ट्रम्पले पनि यो विश्वकपलाई इतिहासको सबै भन्दा ठूला खेलकुद कार्यक्रममध्ये एक भएकाे बताउनुभएकाे छ।









प्रतिक्रिया दिनुहोस्