Logo ४ श्रावण २०८३, सोमबार | Mon Jul 20 2026


भैरहवा भन्सारले उठायाे १ खर्ब ५ अर्ब २ करोड रूपैयाँ राजस्व


13
Shares

काठमाडाैं । भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा एक खर्ब रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ ।

भैरहवा भन्सार कार्यालयलाई तोकिएको एक खर्ब १३ अर्ब ६७ करोड रुपैयाँ वार्षिक लक्ष्यको ९२ दशमलव ४ प्रतिशत अर्थात् एक खर्ब ५ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन गरेको हाे । लक्ष्य शतप्रतिशत पूरा नभए पनि प्रतिकूल अवस्था र नाकामा देखिएका संरचनागत समस्याकाबीच हासिल भएको यो उपलब्धिलाई भन्सार प्रशासनले सकारात्मक रूपमा मूल्यांकन गरेको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा भैरहवा भन्सारले ९२ अर्ब ३१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । त्यसको तुलनामा गत वर्षको संकलन १३ दशमलव २ प्रतिशतले वृद्धि भएको देखिन्छ । यसले आयात कारोबारमा आएको विस्तारसँगै राजस्व सङ्कलनमा उल्लेखनीय सुधार भएको देखाउँछ । कार्यालयका प्रमुख हरिहर पौडेलले नाकामा लामो समयदेखि देखिँदै आएको ट्राफिक जाम, ओभरलोड सम्बन्धी जरिवाना तथा अन्य व्यवस्थापकीय समस्याका कारण बढी मालवाहक सवारीसाधनले वैकल्पिक नाका प्रयोग गर्न थालेकाे बताउनुभयाे ।

त्यसले आयात कारोबारमा प्रत्यक्ष असर पर्ने अपेक्षा गरिए पनि कार्यालयले उल्लेखनीय राजस्व संकलन भएको उहाँकाे भनाइ छ।