काठमाडौं। नेपालमा साेमबार १ हजार २ सय ५० मेट्रिक टन डीएपी मल आइपुग्ने भएको छ।
ग्लोबल टेन्डरमार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिक डीएपी मल भारतको कोलकात्ता बन्दरगाहमा १० जुलाईमा आइपुगेको थियो। सोही मलमध्ये १ हजार २ सय ५० मेट्रिक टन मल १ गते नेपालतर्फ ढुवानी शुरु भएको र सो मल साेमबार नेपाल आइपुग्ने भएकाे छ।
बाँकी रहेको मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्यागिङ) को काम भइरहेको हाे। प्याकेजिङ सम्पन्न भएसँगै साेमबार अर्को एक रेक वीरगन्ज चलान भएको छ। बाँकी क्रमशः नेपाल भित्रिने भएकाे हाे ।
त्यस्तै, ३०हजार मेट्रिक टन युरिया मल समेत कलकत्तामा आइपुगेको र हाल अनलोडिङ र ब्यागिङ भैरहेको हुँदा साेमबार एक रेक वीरगन्जका लागि लोडिङ गर्ने तयारी भइरहेको कृषि सामग्री कम्पनीले जनाएको छ









प्रतिक्रिया दिनुहोस्