काठमाडौं ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई चितवनमा कालो झण्डा देखाइएको छ ।
कार्यक्रमका लागि चितवन पुगेका शिक्षामन्त्रीलाई संयुक्त विद्यार्थी संगठन, एजुकेसन कन्सल्टेन्सी संचालक लगायतका अगुवाहरूले कालो झण्डा देखाएका हुन् ।
विद्यार्थी संगठन खारेज र नयाँ शिक्षा कन्सल्टेन्सी नियमावलीप्रति असन्तुष्ट रहेका नागरिकले शिक्षामन्त्रीलाई कालो झण्डा देखाएका बुझिएको छ । कालो झण्डासहित मन्त्रीको कार्यक्रम स्थल बाहिर प्रदर्शन समेत गरिएको हो ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा प्रदर्शनकारीले कालो झण्डा बोकेर नियमावली फिर्ता लिन माग गर्दै नाराबाजी गरेको देखिन्छ । प्रदर्शनका क्रममा सुरक्षाकर्मीले हस्तक्षेप गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्