एजेन्सी। युक्रेनी सेनाले रुसका विभिन्न क्षेत्रमा व्यापक रुपमा ड्रोन आक्रमण गर्दा ९ जनाको मृत्यु भएको छ।
रुसी अधिकारीहरूले शनिबार रातभरि भएका आक्रमणमा परी ८० भन्दा बढी घाइते भएको समाचार संस्था एपीले जनाएको हाे । युक्रेनी ड्रोनहरूले रुसका दुई ठूला गोदामलाई निशाना बनाएका छन् । जमध्ये एउटा मस्कोको पूर्वमा रहेको हाे । युक्रेनले रुसको सैन्य तथा ऊर्जा पूर्वाधारलाई कमजोर पार्ने र युद्धको असर रुसी नागरिकसम्म पुर्याउने उद्देश्यले यस्ता आक्रमणलाई तीव्र बनाएको छ ।
रुसी अधिकारीहरूका अनुसार रुसको प्रमुख अनलाइन खुद्रा कम्पनी वाइल्डबेरिजका दुई विशाल गोदाममा ड्रोन आक्रमण भएको हो । एउटा गोदाम युक्रेनी सीमाबाट करिब ३ सय ६० किलोमिटर टाढा ताम्बोभ क्षेत्रको कोतोभस्क सहरमा रहेको छ।
अर्को मस्कोबाट करिब ५० किलोमिटर पूर्वमा रहेको एलेक्ट्रोस्टाल सहरमा अवस्थित रहेकाे छ ।









प्रतिक्रिया दिनुहोस्