Logo ३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026


नागढुङ्गा सुरूङ मार्गमा ‘टनेल रन एण्ड वाक’ सम्पन्न

उद्घाटन साउन ११ गते गर्ने तयारी 

26
Shares

काठमाडौं । सडक विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालको आयोजनामा नागढुङ्गा सुरुङ मार्गमा ‘नाग ढुङ्गा टनेल रन एण्ड वाक’ सम्पन्न भएको छ ।

विभागले नागढुङ्गा सुरुङ मार्गको सम्बन्धमा जनचेतना अभिवृद्धि गर्दै यसको प्रवर्द्धन गर्ने उद्देश्यले दौड तथा पदयात्रा गरेको जनाएको हाे। नाग ढुङ्गा–नौबिसे सुरुङ मार्ग अन्तर्गत २ हजार ६ सय ८८ मिटर लामो छ । शुरुवाती ठेक्का सम्झौता अनुसार यो आयोजना सन् २०२३ अप्रिल २६ भित्रै सम्पन्न हुनुपर्नेमा ठेकेदार कम्पनीको ढिलासुस्ती र स्थानीय बासीको अवरोधका कारण यो आयोजनाको काममा ढिलाइ भएको हो ।

आयोजनाले काठमाडौं प्रवेश तथा बाहिरिने नाग ढुङ्गा–नौबिसे नाका हुँदै दैनिक औसतमा दुई पाङ्ग्रेबाहेक करिब ८ हजार भन्दा बढी साना तथा ठूला गाडी गुड्ने जनाएकाे हाे । यो सुरुङ मार्गको उद्घाटन यहि साउन ११ गते गर्ने तयारी छ ।