Logo ३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026


गण्डकी प्रदेशका ८ जिल्लामा रात्रिकालीन यातायात सेवा पूर्ण रूपमा बन्द गर्ने प्राधिकरणकाे निर्णय


0
Shares

काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले शनिबार र आइतबार गण्डकी प्रदेशका पहाडी भू–भागमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेसँगै प्रदेशका ८ वटा जिल्लामा रात्रिकालीन यातायात सेवा बन्द गरिने भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार साँझ एक सूचना जारी गर्दै गण्डकीका कास्की, गोरखा, लमजुङ, स्याङ्जा, तनहुँ, बागलुङ, पर्वत र म्याग्दीमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइने जनाएकाे हाे । प्राधिकरणले उक्त अवधिमा जरुरी अत्यावश्यकबाहेक घरबाट टाढा नजान र रातिको समयमा यात्रा नगर्न अनुरोध गरेको छ ।

जुनसुकै समयमा पनि बाढीपहिरोलगायत विपद्का घटना हुनसक्ने हुँदा उच्च सतकर्ता अपनाउन र विपद् पूर्वतयारीमा जुट्न सम्बद्ध पक्षलाई अनुरोध गरिएको हाे । जिल्ला प्रशासन कार्यालय कास्कीले शनिबार र आइतबार कास्कीबाट छुट्ने र जिल्ला हुँदै अन्यत्र जाने रात्रिकालीन यातायात सेवा पूर्णरूपमा बन्द गरिने जनाएकाे छ।

प्रशासनले विपद् प्रतिकार्यका लागि जिल्लाका सबै संयन्त्र तयारी अवस्थामा रहेको समेत जानकारी गराएकाे हाे ।