काठमाडाैं । साउन महिनाको पहिलो दिन अर्थात साउने संक्रान्तिका अवसरमा शुक्रबार काठमाडौंको पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको ठूलो भीड लागेको छ ।
वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरूका लागि विशेष धार्मिक महत्व बोकेको साउन महिनाको शुरुवातसँगै भगवान शिवको पूजा–आराधना गर्न बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लागेको हो । साउन महिनालाई भगवान शिवको प्रिय महिनाका रूपमा लिइने हुनाले यस दिन पशुपतिनाथको दर्शन गर्न टाढा–टाढादेखि भक्तजनहरू पशुपति क्षेत्र पुगेका छन् ।
साउने संक्रान्तिका दिन स्नान, दान र धार्मिक अनुष्ठान गर्नाले पुण्य प्राप्त हुने जनविश्वास रहेको हाे । पशुपतिनाथका साथै देशका अन्य शिवालयहरूमा पनि आज भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको छ ।









प्रतिक्रिया दिनुहोस्