काठमाडौं । नेपाल शिक्षक महासंघले ‘मास्टर्नी’ नामक चलचित्रको प्रवर्द्धनात्मक गीत बन्द गर्न माग गरेको छ ।
महासंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै गीतप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । यस गीतले शिक्षक र शिक्षण पेशाको गरिमामा प्रहार गरेको महासंघकाे दावी छ। ‘महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको त्यो गीतले शिक्षक र शिक्षण पेशाको गरिमा माथि गम्भीर प्रहार गरेको छ । उक्त गीतलाई तुरुन्तै बन्द गर्न तथा चलचित्रमा प्रयोग नगर्न हामी सम्बन्धित पक्षसँग आग्रह गर्छौं जारी विज्ञप्तिमा भनिएकाे छ।’
महासंघले गीत बन्द नभए त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी चलचित्र निर्माता र कालकार हुने समेत चेतावनी दिएको हाे । दुर्गेश थापाको शब्द, संगीत तथा स्वर रहेको साेही गीतमा प्रियंका कार्की, दुर्गेश, आयुष्मान देशराज जोशी र आर्यन सिग्देलको अभिनय रहेकाे छ। आगामी भदौ ५ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र मास्टर्नीको निर्माता प्रियंका स्वयंम हुन् ।
सिनेमाको कथा पनि प्रियंकाकै छ । चलचित्रलाई बंगाली निर्देशक सुभेन्दु घोषले निर्देशन गरेका हुन् । सिनेमाको मुख्य भूमिकामा प्रियंका आफैं रहेकी छन् ।










प्रतिक्रिया दिनुहोस्