काठमाडाैं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ।
बिहीबार तोलामा चार सय रूपैयाँले बढेको सुनको मूल्य शुक्रबार प्रतितोला ३ हजार एक सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला २ लाख ८२ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ।बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी बिहीबार तोलामा ४ हजार ३ सय २५ रूपैयाँमा कारोबार भएको थियाे ।चाँदी शुक्रबार ४ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य बिहीबारको तुलनामा प्रतितोला एक सय २५ रूपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस ३ हजार ९ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।









प्रतिक्रिया दिनुहोस्